आज एकाएक सामाजिक सन्जाल यो उक्तिले भरिभराउ देखियो।

नियम बनाएर मात्र हुन्छ? पालना गर्न पर्दैन? हर्न निषेध गर्दा हाम्रा कुराहरू यस्तै थिए । अनि अहिले बाटामा हर्न नबज्दा चकित मुद्रामा ती मान्यवरहरू नै सकरात्मक परिवर्तन संभव छ भनी राख्दा देशले कोल्टो फेर्न लागेको अनुभूति पक्कै पनि हामी धेरैलाई भएको हुनपर्छ।

अब चालकबाट बल यात्रुको कोर्टमा आएको छ । यात्रुले जथाभावी बाटो काट्दा २०० जरिवाना तिर्नुपर्ने अवस्थामा माथिको शीर्षकको प्रेमकथा बुनिएको छ।

जरिवाना गर्नुपूर्व जेब्राक्रसबाट बाटो काटिने अवस्था हुन जरूरी छ । जेब्राक्रसमा कुर्दा पनि गाडीवालाहरुले नरोकेको हाम्रो अनुभव होला । यिनलाई काटिने अवस्थाको सृजनासँगै गरिनुपर्छ ।

खल्तिमा पैसा नहुनेले प्रेमिकालाई पारी भेट्न नपाउने पीडा झन असैह्य छ है ।