Everyday is just another day with twist; bitter and butter..life goes on

Category: Uncategorized (page 1 of 4)

नाम डट कम


‘होली’ होइन ‘फागु’ । आफ्नो संस्कृति जोगाउनुपर्छ, के भन्ने कुरा पनि सिकाउनुपर्छ। बुज्रुग जमातले शब्दमा आफ्नो पराई देखी राख्दा होलीको फेरिएको स्वरूप देखेन । यो फेराई गहन छ, अनि स्वागत‌योग्य पनि । सानामा होलीको एक हप्ता अगाडिदेखि नै बाटामा हिँड्ने सबै – चिन्ने नचिन्नेलाई लोला हानेर फोहर‌ पानी छ्‌यापेर मनाउँदै आएको यो चाड अहिले चिनेका साथीहरू आफन्तहरू माझ मनाउने, रमाइलो गर्ने रुपमा विकसित भएको छ। युवाजमातले यसलाई रङ्ग उत्सव अनि नाँच्ने गाउने पर्वका रूपमा देख्नु सुखद छ । फागु पूर्णिमालाई नै भनेर २/३ दिन अघि स्कूल कलेज बन्द गर्नुपर्ने स्थिति आज छैन।

समाजका अवयवहरु विविध हुन्छन् । समाज चल्ने विचारले पनि हो। वृद्ध, असहायलाई कसरी बुझेको छ त्यस‌ले पनि समाजको चित्र देखाउँछ। अनि समाजले सकारात्मक परिवर्तनलाई हेर्ने कुरा, ग्रहण गर्ने कुरा, एक पछि अर्को नकरात्मक कुरा गर्दै जाने, भएको राम्रालाई बुझ्न  नखोज्ने/ बुझाउन नखोज्ने कुरा अझ घातक छ । 

शब्द परिवर्तन, नाम फेरिने अनि गुह्य कुरो एकै हुने अवस्था नचिरिएको पनि धेरै नै भयो। नेपॉल राजकीय प्रज्ञा प्रतिष्ठानबाट नेपाल प्रज्ञाप्रतिष्ठान भयो । हलको नियमित मर्मत संभार भइरहेको होला पनि। तर पञ्चायतकालीन अवस्थामा थोरै मानिस सोचेर बनाइएको यही हल आजको दिनसम्म पनि सुस्ताउन नपाउने, अर्को यस्तै किसिमको हल नबन्ने, बनेको पनि जुन प्रयोजनका लागि हो, त्यस‌का लागि नभएर शक्तिपूज्न प्रयोग हुने हो भने हामीले बुझेको परिवर्तन नाममा नै सिमित रह्‌यो भन्दा गलत नहोला ।

नाम, पहिचान ठूलो हो। नामले तेतीबेला सही माने पाउला जब नामसंगै काम पनि जोडियोस्। नाम है पछि कुदेर कस्मेटिक परिवर्तनमा रमाउँदा नै चाहिएको विकास अनि परिवर्तन किस्सा नहोस्।

Enjoying nothing

Nothing sounds bit of negative tone but it is more of a comparative phenomenon rather than absolute on its own. To wise and enlightened everything is nothing and they dig philosophy of life from this nothingness. To laymen like us nothing is always problematic. Nothing in wallet, no balance on card. Read more

सेतो कालो

ओलीबाको भारत भ्रमण पछि सामाजिक सन्जाल एक किसिमले दुई चिरा परेको छ । एकथरिले भ्रमणलाई सफल, अभूतपूर्व देख्नु अनि अर्काले बेतुकको, परम्पराको निरन्तरता भनेका छ्न्। भ्रमणलाई सबै कुरो सल्टाउने कडी देख्ने र माग्ने कचौरा सोझ्याउने सही मौका हो भनी देखाउने चस्मालाई एकछिन छेउमा राख्ने हो भने यो सम्बन्ध प्रगाढ बनाउने मेसो हो, जसरी हामी छिमेकमा,साथीभाईकोमा ईष्टमित्रकोमा गएर आफ्नो सम्बन्धलाई ताजा बनाउछौँ । देशको प्रमको भ्रमण भएकाले धेर व्याख्या विश्लेषण हुनु पनि स्वभाविक नै होला ।

यहाँ चर्चा गर्न खोजिएको कुरो चाहिँ यो भ्रमणको विषयमा टिप्पणी गर्नु नभै राम्रो नराम्रो वा सफल असफल भनी राय दिनुको हतार किन भन्ने गम्नु हो ।

सामाजिक सन्जालमा सबै ज्ञानी देखिन्छ्न् । घरमा सानो कुरो नमिलेर आफ्नो दैनिकी खल्बलिएकाहरु नि छिमेक राष्ट्रका सम्बन्ध कसरी राम्रो बनाउनेमा केही हरफ मात्र नभै कार्यपत्र नै तयार गरि आफ्नो विशेषज्ञता प्रस्तुत गर्ने मौका ढुकिरहेका हुन्छ्न् । अनि ट्रम्पका अवसर र चुनौतिमा लम्बाचौढा जानसक्नेहरुलाई दैनिक जिवनका चुनौती र अवसर सोच्नु आफुलाई तुच्छ बनाउनु हो भन्ने निर्क्योल निकाल्न कसैले रोक्दोरहेनछ, छेक्दोरहेनछ ।

ल हेर्नुस फेरि विषयबाट हुत्तियो कुरो। चुरो कुरो चाहिँ के भने नि कालो र सेतोमा मात्र रङ देख्ने रोगले हामी गाँजिएका छौँ जब कि संसार अनि जीवन धेर समय कालो वा सेतोमा नभै कैलोमा रुमल्लिएको हुन्छ।

नागरिकताको फोटो हेर्नुस त कति पत्रु लाग्छ अनि फेसबुकको ब्युटीप्लसले बनाएको प्रोफाइल पिक्चर सोही अनुपातमा विपरित तर बिछट्टै राम्रो । हामी त न नागरिकताको फोटोमा जस्तै छ्म् न त फेसबुकका झै चिटिक्क, ती दुईको बीच तिर छम् कि कसो। अनि जब धेर कुरो औसतमा चलिरहेको र चलिरहने दैनिकी छ, अरु कुरो लाई शून्य वा सय मात्र जोख्ने तराजु अगाडि ल्याइहाल्ने हतारो बढो हास्यास्पद छ ।

कुरोको फोकस के भने नि अहिले त भएको भ्रमण मात्र न हो, भोलिका दिनका कार्यदिशाले पो सफलता मापन गर्ला अहिलेलाई पर्ख, हेर अनि धेर नबोल गर्दा राम्रै होला नि हैन र । अनि यो दुवै पक्षलाई सरकार अनि विपक्षी कै हकमा भनी टोपल्न खोजेको हो है। इति

Happiness

In the pursuit of happiness we have made world flat. Yet this thing remains a far fetched to the materialistic world.

Have you ever heard people asking why somebody is unhappy with no reason?

No right. Cause we think people can be unhappier with no reasons. At the same time if we find a jolly person laughing we ask why are you smiling with no reason. Or we may even go further and take him as mentally challenged. So world wants unhappy people more but our body seeks happiness. Read more

Mobile

We live in age of flash speed. Get things done in no time and have no patience.

When I refer patience it is precisely for waiting. How much impatient we become when friend reads the message and does not reply?

This wizard tool has brought people together. Do you really believe so? Read more

Dead Sea, dead relations

Sea is dead that is why it is dead sea. No life, no microorganisms. It has salt on it and people float when they let their body go on water.

It has importance from biblical era. It is in Israel. While it beeing deepest surface on earth we boast as highest point, Everest. There is somehow connection. That is why in 2012 stone from Everest region was kept on dead sea and viceversa.  Read more

चुरोट

कोही महान् आत्माले भनेका थिए, चुरोटको एक छेउमा धुँवा हुन्छ अर्कोमा उल्लु ।

यसरी हेर्दा उल्लु नै उल्लुले संसार भरिएको हुनुपर्छ । चुरोट खाने भन्ने बित्तिकै दिमागमा पुरुषको शरीर धुवाँले

निल्लिएको ओठ, बोल्दा चुरोटको गन्ध यस्तै चित्र दिमागमा आउँछ ।

Read more

Do more of what makes you happy

At times we busy ourselves on issues of others so much that we forget what makes us happy.  Yes our body is made out of love and passion and this can only do well on these grounds.  And to make environment of love and passion we at least have to keep ourselves happy; forget what others are to..

Read more

गेट वेल सुन ट्रम्प दाजु

जमाना नै झगडाको छ, रियालिटी शोका टिआरपी यस्तै झगडाले बढेको छ । एकअर्कालाई गालीगलौज गर्दा हेर्ने मान्छेलाई फिल्मी सिन झैं घतलाग्दो हुनेरहेछ तेही भएर अहिले रिस, झगडा, बिकाउ छ । उबेला माया पिरेम बाँडम् भनिन्थ्यो यस्तै कुरो देखाइन्थ्यो अहिले तेस्तो ट्याम रहेन, धुमधढाका, झापड, मुरम¥याइ मसला बनेको छ । र यस्तै संसार जो हामी बाँची रहेका छौं तेसको असली पहरेदारका रुपमा ट्रम्प दाजु खडा छन् ।


ट्वीटर उनका गाली अनि घृणाले अझ बढी चलायमान छ् । कसैले त उनलाई ट्वीटरबाट हटाउन ट्वीटर नै किन्नपर्ने भन्दै चन्दा संकलन सुरु गरिपनिसके । उनकै नियमित गालीको सिरिजमा यसपालि हाम्रै नम्बर आएको छ । उनले नर्कको प्वालजस्तो देश नेपालबाट अमेरिकामा किन मान्छे आउँछन् भनेछन् । दक्षिण छिमेकीबाट सानो छुसुक्क केही आएको भए यसले सबैलाई कोटा पुरयाउँथ्यो । विशेषत आन्दोलनकर्ता, टायर बेच्ने, समाचारवालालाई अनि अन्ध राष्ट्रवादको गीत बजाएर जनताको आँखामा छारो हाल्नेलाई ।

Read more