सिन्डीकेटका पक्षपातीले सार्वजनिक गाडी चलाएनन् । सिनामंगलबाट भृकुटीमण्डप आउँदा बाटामा टेम्पुहरु चलेका भेटिए, अरु गाडी नचलेका, चलेकाको स्थिति हेर्नुस तल ।


गृहमन्त्रीले नचलाए थुतेर चलाउने भनेको सुनेकाले बाटाको स्थिति बुझ्न अनि सिन्डिकेटका हालीमुहालीलाई लोप्पा खुवाउन हिँडियो जे पर्ला पर्ला भन्दै ।

बाटामा ट्वीट पढ्दै आउँदा लाग्यो धेरैले नाकाबन्दी सम्झिए । सम्झिनुमा एक त गाडी नगुड्नु प्रमुख कारक थियो नै संयोगले भारतीय प्रमको भ्रमण पनि नजिकिदैं छ ।

जनताका प्रत्यक्ष सरोकारका विषयमा यातायात नै बन्द गरेर विरोध गर्नु कुनै अर्थमा क्षमायोग्य छैन । सरकारको स्ट्याण्डलाई सलाम, घुँडा टेकेर सम्झौता गर्ने हैन, कारवाही गर्ने अनि वारपार लगाउने पथमा अघि बढोस्, शुभकामना ।

आफूलाई यस्ता स्थिति अनि अन्य धेर ठाउँका चलन हेर्दा यातायातमा सरकारी गाडी नै चल्नुपर्छ लाग्छ । साझा वा मयूर जस्ता नीजि हुँदाहुँदै पनि सरकारी नै होस् र हड्ताल वा अन्य केही परिस्थितीले जनताका गुड्न पाउने अधिकारमा कुठाराघात नगरोस् ।