Everyday is just another day with twist; bitter and butter..life goes on

Category: Poem (page 1 of 1)

Echoes Across Decades: A Stage Unchanged

Sudhan Subedi

In a realm where decades dance, change unfurls,
Power scatters, the ordinary in decision whirls.
The stage, unyielding, holds its curtain tight,
As ordinary souls shape the script of the night.

Creative diaspora leaps past television’s squares,
YouTube’s dawn, and more, ascent in pairs.
Yet, here on this stage, a familiar encore,
In my hand, a mike, as memories implore.

A school day’s cultural echo, the mike was mine,
Announcing, orchestrating, making moments shine.
Three decades hence, in the parent’s embrace,
I sit, watching children on this timeless space.

Same stage, same curtain, clock at its height,
Roles have pivoted, yet the ground feels right.
The rhythm of time, an unyielding decree,
In the auditorium of life, where moments agree.

Silent Heroes: Beyond the Glossy Report

Sudhan Subedi @tweetsudhan

In the glossy report’s gleaming pages so fair,
People with beaming smiles pose with grace to share,
Great write-ups, names etched with bold acclaim,
In this tale of unwavering commitment, they’ve found their fame.

A saga of heroism, a tribute to leadership so bright,
Yet, it doesn’t capture the sweat and blood, hidden from sight.
For those in the background, toiling in silence’s shroud,
No fuss, no buzz, they remain hidden from the crowd.

Read more

यो रेडियो नेपाल हो

सुधन सुवेदी

बुट्टे कपडाको खोल
घाममा सुकाई सुकाई अलिअली चल्ने भएको ब्याट्री
त्यसकै दममा गाउँ नै थर्काउने रेडियो
चलाउने मान्छे जबरजस्त अनुशासनमा बसेर
खोल्ने, बटार्ने अनि बन्द गर्ने सबैको नियमित तालिका
विहानको शंखध्वनिबाट रातको फर्माइसी गीतसम्म अटुट
बीचबीचमा समाचार
सासै नफेरी सुन्नेको भीड
यो रेडियो नेपाल हो
क्या गजब थिए दिन
समाचारले नै भरपुर मनोरन्जन गराउने समय
रेडियो, श्यामस्वेत ढ्वाङ टिवी, रङीन, पातलो हुँदै स्मार्ट टिवी
टिवी स्मार्ट नपुगी मोबाइल नि स्मार्ट
हातहातमा समाचार
बातबातमा टिकटक
रेडियोले एकतर्फी सुनायो सुनेम्
वाणी, उपदेश फुक्यो हल्लिम्
रेडियोबाट च्याटबोटमा पुग्यो प्रविधि
पात्र फेरियो फेरिएन प्रवृत्ति
नियम नमान्ने हाकिम
हाकिम रिझाउने कारिन्दा
नसकिने फन्दा
गलत नहुने हाकिम
सही नहुने कारिन्दा
जग उही, जागिर उही
हो हजुर यो रेडियो नेपाल हो

साथी तिमीलाई सहिद दिवसको शुभकामना

रातो झिल्के खाम
टल्किने गरी लेखिएको आफ्नै नाम
१६ क्यारेटको मुस्कान
रण जितेको फौजीको शान
साथी आयो निम्तो दियो
बिहे छ मेरो आउनैपर्छ
सिमामा दुश्मनबाट देश बचाउने योद्धाले हात उठाएछ
एक बुँदे सहमति भएछ आत्मसमरपण गरेछ
मान्छे चकलेटी गालामा डिम्पल
हाय त्यो मुस्कान
निश्चल, नेचुरल, नोस्टाल्जिक
अहिले आइसियुमा छ
भोलिको मुस्कान कर्मकाण्डी हुनेछ
फिस्स छुट्ने रुटिनमा एक्टिभेट हुने
तर आज विशेष छ
म्याद सकिन लागेको औषधि प्रयोगको हतारो
छुट्न लागेको गाडी चढ्ने चटारो
उत्सव आज छ आजादी छ
भोलि……
फाँसीको डोरी हातमा लिएर सहिदले देश जनताका लागि जे सुनाए
साथीको वचनमा ठ्याक्क तेही भाव उही लगाव
साथी तिमीलाई सहिद दिवसको अग्रिम शुभकामना ।

कविताकाे वाचन गरेकाे भिडियाेलाइ यहाँ थिचम्

समय बद्लिएछ

हरेक कदममा साथ रहनेछ
हरेक साथमा कदम रहनेछ
रहेन छ कदम
रहेन छ साथ
रह्यो समय
जसले बद्लिएन मात्र
यु टर्न मार्याे

रामदेवका अनुलम विलमबाट थाकेका
देश, दूनियाका खबरले पाकेका
ग्लोबल वार्मिङ्गले पोलेका
फेशन टिभीमा शितल खोज्न थालेकाछन्
रेल, रोल र रुल मै रुमल्लिएर
समयलाई बद्लिएको दोष दिई
आफू नबद्लिएर फरक नतिजा अपेक्षा गरिरहेछन् ।।।।।

म – अक्षरयात्रा

अक्षरहरू एकाएक चल्मलाए, मानौं
उनीहरूको ग्रह नक्षत्रमा
घना कालो बादल मडारियो ।
यसरी छट्पटाए, मानौं
उनीहरूलाई बुनेर अक्षर बनाउने त्यो डिको
कुनै फकिरको ओठमा जलिरहेको चुरोटसरि
जलेर सकियो !

Read more

#बलात्कार

आमा त्यो सडक, गल्ली अनि चौबाटोमा निस्फिक्री हिँड्न मैले किन नहुने
मनका ज्वारभाटाहरुसँग बग्दै बिन्दास बरालिँदा
के जाती उपनाम किन समाज बुन्छ
अनि आफ्नो दमित इच्छा म माथी प्रयोग गर्दा
म नै यसरी घरबाट निस्कनै नहुने निष्कर्ष निकालिँदा
बढो चाख लिएर मजाक मेरै उडाइन्छ
आमा चुप लागौँ सक्दिन, चैनले बस्न सक्दिन
हवशका शिकारीलाई सही भन्दा मेरो चीत्कार समाजले बिर्सियो
मैले गुज्रिएको भूत उनीहरुको वर्तमान र भविष्य नहोस्

महादेव भ्यालेन्टाइन जान्दैनन्

प्रिय तिमी के जाती भ्यालेन्टाइनको कुरो नल्याउ
म भित्रको महादेवले शिवरात्री भन्दै छ
तिम्रा रोज अनि प्रपोज, विस अनि किस
मेरा भाङ अनि ह्याङ,
रात रक्स, स्वीट सक्स
म नजिक आएर मस्किदै माया माया नभन
यहाँ गाँजाको छ चिन्ता
वकवास पुरानो लभ स्टोरीमा आफूलाई नखोज
बरु जाम् कैलाश गरौँ ताण्डव यसमै छ मोज