मेयर सपथग्रहण पश्चात साइरनसँगै हुँइकिएर कार्यालय प्रवेश गर्नु ठीक थिएन । मेयरका हैसियतमा यो सुविधा उपयोग गर्न पाइँदैन थियो, गरियो, समाचार आए, विरोध भए । अब फेरि मोबाइलको कुरो उठेको छ ।

सडक बटुवाको चाहीँ होईन ? #hellosarkar

A post shared by Pratik Shrestha (@pratkshrestha) on

नगरपालिकाका पदाधिकारीलाई सोझै आफ्ना कुरा राख्न पाउनु नगरवासीको लागि खुसीको कुरो हो । ढल जाम भएको, सडक थोत्रिएको, खाल्डिएको, पानीका समस्या लगाएत दैनिकीका यायवत् दुखलाई सोझै फोन गरेर जानकारी दिनु, प्रगतीको खवर लिनपाउनु सुखद पक्ष हो नि र नगरपालिकाको जवाफदेहिताको नमूना पनि । अनि नतिजा सम्म पनि नकुरी मोबाइल खरिद निर्णयको विरोध गर्नु कसरी सही होला? पदाधिकारीले नगरपालिकाको बजेटबाट बोक्नुहुन्न भनेर चिच्याइरहँदा विगतमा फोहरको सफाइ, खाल्डा पुर्ने वा अन्य कामहरु तपाइँहाम्रो जानकारीमा नआई मोबाइलमा परिवर्तन हुन्थे भनेर विचार गरौं । हाकाहाकी भनेर किनेँ भन्ने निर्णयलाई प्रोत्साहित गर्न नि जरुरी छ नभा अनेक बहानामा मोबाइल त किनिन्थे नै हामीले सुँइकाे समेत पाउँदैन थियौं । Read more