चिटिक्क भएर गमक्क फुलेर कुर्सीमा बस्दा नि के को सकस भन्नुहोला । तर तनाव ठूलै छ ।

जाडोले ढ्याङ्गरो पिट्दै ल्याउँदा ज्यानलाई कपडाको दुकान नबनाइ सुख छैन । अब लुगाको एक पत्र भए पो, पत्रेदार लुगाको चाङ्गबाट टाउको सरक्क निकालेर हिँड्दा जति जे ह्याण्डसम भन्नुस लुगा तह लाउने महाभारत अर्कै छ ।

बाहिरको प्याण्टबाट भित्रको थर्मोकोटको ब्यालेन्स तलमाथि हुँदा त तैबिसेक सम्हाल्न सकिन्छ, भित्रि बस्त्रको र थर्मोकोटको नमिल्दा त रेस्टरुम गई शान्तिको खोजी गर्न हतार हुने क्या । तेसमाथि अकासिएको भुँडीको टेण्टलाई ठाउँ दिदाँ भित्री बस्त्रको अंग्रेजी अङ्क एट आकारले बस्त्र सम्हाल्नु कि अड्डामा भेट्न आएका मान्छेका कुरो सुनम् भन्ने दुविधा ।

खैर विना तनावको को माइकालाल होला र । गाडीको लाइसेन्सका ट्राइलमा तेही एटको आकार बनाउन नसक्दा कति पटक चिप्लियो यहाँ चाँहि नचाइने कुरोले एट बनाउने अनि त्यो कुरोलाई सोझ्याउदा सोझ्याउदैं जुनी कट्ला भन्ने चिन्ता । Read more