१० वर्षपछि सम्झदै नियात्रा लेख्नु नि ठूलै काम हो । फेरि कति ठूलो सोध्नुहोला, उतर छैन । यो अलि पाटेअल्छिको काम भो । हिँडिराख्दा कहिले घर पुग्नु अनि लेखेर छपाई पो हाल्नुपर्छ भन्ने तातो लागेको थियो । त्यो तातो दुईपटकको ज्वरोले सेलायो । पहिलो चाँहि थकाइले अनि दोस्रो जुकाको टोकाइले । अँ लेखिएन । आज लेख्न बस्दै, प्याज जस्तै घटनाहरु छोडाउँदैं ।

साउन २०६८ गते हिसाब गर्नपर्छ, जनैपूर्णेमा उतै मेमे मै पुग्नेगरि यात्रा सुरु भो काठमाण्डौंबाट । ट्रेकिङ्ग गर्नपर्ने भनेर सुनाइएको थियो अलिक प्रो टाइप कै हो भन्ने कुरा गएर आएपछि मात्रै थाहा भो । अनि यो यात्राको लागि किन छनौटमा परियो पनि थाहा भो । मर्न नसकेका असतिहरु भन्न भएन धन्यवाद यो जुराइका लागि ।

यात्राको अघिल्लो रात अबेरसम्म जागा भइएछ बाटाभरि ठूलो सकस भो आँखा खोली राख्न । अब एकैपटक बेसिशहर पुगम् । बाटाका कुरा एडिट भो । बेसिशहरमा पुगेर त्यहाँबाट उद्योग वाणिज्य संघका साथीहरु थपिनु भो । च्वाइस नेपालको किरणजी, लोकल एक्सपर्ट ओलियाजी, त्यतिबेला नागरिकमा काम गर्ने विनिता काठमाण्डौंबाटै सँगै थियौं । संयोजक साथीको नाम बिर्से उनी थिए क्रान्तिकारी ।

बेसिशहरबाट हामी उकालियौं । जिपमा । तेही चल्ने, चलाउने भाई अल्लारे नै थिए । बाटो हेर्दा पाण्डवले जिउँदै स्वर्ग हानिएकै बाटो जस्तो । भगवान धेरैपटक सम्झायो, परिवार झलझली भो, भाई कुल । राम नाम जप्दै सहीसलामत पुग्ने कामना गर्दै, नडराएको देखाउँदै भ्रमका खेति गरिराख्दा उसको फोन आयो । अब भन्नुस त्यो भाईको एक हातमा स्टेरिङ्ग अर्कोले मोबिल कानमा टाँस्यो अनि मस्त गफ्फियो । अघिसम्म फोकसमा भएको चालक भाईबाट उसका बेतुकका गफमा स्वाट्टै फोकस स्विच भो ।

गफ टुङ्गियो अनि यो उडान पनि । गुडेको फिल भएन । अब दुखका दिन गए भनेर लामो सास लिएको । पाइलै पिच्छेका एडभेन्चरले चाहेर नि भुल्न नसकिने यात्रा भो । सायद यस्तैलाई लाइफ टाइम एक्सपेरिएन्स भन्दा हुन् ।

विनिताले नागरिकमा छापिएको यात्रा स्मरण म कुल भनेको याद छ । असलमा कुल तेही संयोजक थिए । झम्के पानीले हिडाँइ कम रोमान्चक बनाएन । हेर्नुस न खानेकुराहरु भाटभटेनीबाट नै ल्याको पानी पारेछन् बोक्ने साथीहरुले ओस्सियो । र बिस्कुट, भुजिया मात्र ओस्सिएन लगेका राती सुत्नुपर्ने ब्याग र टेन्टहरु पनि ल्याफ ल्याफी भएछन् ।

यो सिक्वेन्सलाई अलि पछि फेरि जोडौंला । पहिलो रात बास बसेपछि ठाडो हिँड्न पर्ने । माथि लेक अनि चिसो हुने कुरो छर्लङ्गिएपछि लगेका लुगाले नपुग्ला भन्ने भो । अनि ज्याकेट किन्न यात्राको अन्तिम बजारमा गइयो । पसल्नी आमाले यात्राका बारेमा चासो लिएपछि मेमे पोखरी हानिएको भन्दा यस्तो ज्यान लिएर पुगिएला मेमे भनिन् । अनि टेस पर्यो नआउनुपर्ने यात्रामा आइएछ कि भनेर ।

(फोटो बिनिता दाहाल )

(दोस्रो भाग कमिंग सुन है)