जमाना नै झगडाको छ, रियालिटी शोका टिआरपी यस्तै झगडाले बढेको छ । एकअर्कालाई गालीगलौज गर्दा हेर्ने मान्छेलाई फिल्मी सिन झैं घतलाग्दो हुनेरहेछ तेही भएर अहिले रिस, झगडा, बिकाउ छ । उबेला माया पिरेम बाँडम् भनिन्थ्यो यस्तै कुरो देखाइन्थ्यो अहिले तेस्तो ट्याम रहेन, धुमधढाका, झापड, मुरम¥याइ मसला बनेको छ । र यस्तै संसार जो हामी बाँची रहेका छौं तेसको असली पहरेदारका रुपमा ट्रम्प दाजु खडा छन् ।


ट्वीटर उनका गाली अनि घृणाले अझ बढी चलायमान छ् । कसैले त उनलाई ट्वीटरबाट हटाउन ट्वीटर नै किन्नपर्ने भन्दै चन्दा संकलन सुरु गरिपनिसके । उनकै नियमित गालीको सिरिजमा यसपालि हाम्रै नम्बर आएको छ । उनले नर्कको प्वालजस्तो देश नेपालबाट अमेरिकामा किन मान्छे आउँछन् भनेछन् । दक्षिण छिमेकीबाट सानो छुसुक्क केही आएको भए यसले सबैलाई कोटा पुरयाउँथ्यो । विशेषत आन्दोलनकर्ता, टायर बेच्ने, समाचारवालालाई अनि अन्ध राष्ट्रवादको गीत बजाएर जनताको आँखामा छारो हाल्नेलाई ।

Read more