आमा त्यो सडक, गल्ली अनि चौबाटोमा निस्फिक्री हिँड्न मैले किन नहुने
मनका ज्वारभाटाहरुसँग बग्दै बिन्दास बरालिँदा
के जाती उपनाम किन समाज बुन्छ
अनि आफ्नो दमित इच्छा म माथी प्रयोग गर्दा
म नै यसरी घरबाट निस्कनै नहुने निष्कर्ष निकालिँदा
बढो चाख लिएर मजाक मेरै उडाइन्छ
आमा चुप लागौँ सक्दिन, चैनले बस्न सक्दिन
हवशका शिकारीलाई सही भन्दा मेरो चीत्कार समाजले बिर्सियो
मैले गुज्रिएको भूत उनीहरुको वर्तमान र भविष्य नहोस्