२०६३ वैशाख ११ राती राजाले सत्ता छोडे, लगतै जुलुस निस्कियो । जुलुस पश्चात मध्यरात मै अंग्रेजीमा एक ब्लग ठोकिएको थियो बिजयी भावमा । १४ वर्षमा बागमतीमा पानी त धेरै बगेन, ढल बग्यो, अभियान धेरै चले । समय एकनासै कहाँ बग्थ्यो र, बगेन । हरेक दिन केही न केही ठोक्ने, ब्लगरका रुपमा परिचित हुने भन्ने चाहना कहिले द्रुत बढ्थ्यो, कहिले ठामको ठाम अजबले रोकिन्थ्यो । लेखन चाँहि जेनतेन चलिरह्यो ।
एक साथीले उक्सायो तँ यस्तो लेख्छस् आफ्नै डोमेन बनाएर लेख । ब्लगस्पटको फ्रि साइटमा अलिअलि छुस्काइरहेको मलाइ यो कुराले तरङ्गित बनायो, अनि जन्मियो नेपालकोपेज डट कम । यसरी नयाँ साइटको यात्रा पनि सोचेकोे लयमा नबढेपनि चलिरहेकै थियो । वर्षको ८ १० हजार खर्च ठूलो हुन थाल्यो, बन्द गरियो साइट । Read more
आज सगरमाथा दिवस । सगरमाथा चढ्ने, फेदमा पुग्ने मात्र हैन, हेरेर दङ्ग पर्नेका लागि पनि ठूलो चाड । सगरमाथाका कुरा चुलिरहँदा आजै भेट्ने मौका जुर्यो पुष्कर शाहसँग । उनको परिचय साइकल यात्री जसले १५० देश आफ्नो साइकलमा पार गरे मात्रै भन्दा पनि अपूरै होला । सगरमाथा पनि चढे । तेसैले पनि आजका दिन उनका कुरा बुन्दा सान्दर्भिक नै होला भन्ने ठम्याइका साथ लेख्दैछु ।अलि अगाडि अष्ट्रेलियामा भाँडा माझ्दैछु भन्दै टिभी कार्यक्रममा भक्कानिएका थिए । यो कुरोले केही दिन बजार ततायो । उनी फर्के देश, आफ्नै अभियानमा लागे । अनि अहिले फेरि साइकलमा विश्व भ्रमण गर्ने निर्णयमा पुगे । उनको अष्ट्रेलिया बसाइमा आर्थिकोपार्जनका लागि गरेको मिहेनतलाई देखेर टिप्पणी गर्ने जानकारहरु सेलाएका पनि थिएनन् होला शाहलाई भने अर्को सगरमाथाले तानिसकेछ । उनको आफ्नै सगरमाथा, साइकलको संसार । 
