र यसपटकको नारी दिवश झिरिप्प भयो । तेही दिनमा आफ्नै नारीलाई समय दिएकाले लेखिएन, आज समय जोहो गरेर, कुरो गुथेर लेख्न बसेको । अनि सुरु मै यो गीत तेही नारीलाई डेडिकेट गरियो, तपाँइ पनि सुन्नुस है

हुन त नारी हकका कुरा कुनै एक दिन सान्दर्भिक हुने बाँकि अरु दिन नहुने त होइन । फेरि यो चाडपर्व नि होइन सकिएपछि अर्को वर्ष नै कुर्नपर्ने ।

अड्डाको एउटा कुरो कोट्याउँछु अनि अरु नि जोडम्ला । कुनै एक पद खालि भएकाले राम्रा मान्छे को हुनसक्छ विचार गरम् भन्ने कुरो आयो । त्यो पदमा पुरुष भन्दा महिलाले गरिमा बढाउने कुरो राख्दा सहकर्मीको भनाइ चाँहि यस्तो आयो । त्यो पद अलि रातदिन नभनी काम गर्नपर्ने किसिमको छ, महिला राख्दा घर बच्चा भन्छन् अनि चाहेको काम नहुन सक्छ । साथी ढुक्क थिए यो पदमा महिला योग्य हुँदैनन् । म सोच्दै थिएँ अरु पुरुषको चाँहि थाहा भएन म पनि अयोग्य नै रहेछु । विगत केही वर्षमा विदा लिएको कारण बच्चाको स्कूल छुट्टी र हाम्रा चाँहि लाग्दा र मामाघर÷आफन्तकामा छाड्ने स्थिति नहुँदा बच्चासँगै बस्नपर्ने भएकाले थियो ।

नारी अभियन्ताहरु बारम्बर पुरुषको दम्भ, काममा लैङ्गिक विभेदका बारेमा बोलेर अझै थाकेका छैनन् । मेरो कुरो चाँहि सर्वत्र एउटै कुरो नहोला, जेनेरलाइज नि नहोला भन्ने हो । २ सन्तानका बाबु भएर घरका काम उनीहरुको आमा कै मात्र हो भन्नु पुरुषको दम्भ वा ठालुपन किमार्थ हैन बरु आफूले जसरी नै घर अफिसको ब्यालेन्स बनाइरहेकी र करियर फोकस्ड एक मानवको कुरा नबुझेको र अलिकति पनि मानवता नराखेको चाँहि हो ।

सायद यो पढिरहनुभएको धेरैले मसँग अर्को कुरामा सहमत हुनुहुनेछ । जसलाई नारी दिवश हक अधिकारका लागि चाहिएको छ उनीहरु यो चक्रमा छैनन् वा मार्च ८ उनीहरुको क्यालेण्रमा आउँदैन । र आउनेका लागि यो एउटा पर्व हो दशैं तिहार जस्तो । शुभकामना आदानप्रदान गर्ने, गिफ्ट लिने अनि सामाजिक जमघट गर्ने मौका ।

स्कूलको एउटै बेन्चमा बसेर, सरका उही लठ्ठी खाएर हुर्किएका म पुरुष भएर ठण्डाराम हुने अनि महिला भएर नै साथीले आरक्षण पड्काउनु कति जायज होला । देशको सर्वोच्च पद लगायत मुख्य पदहरुमा महिला नपुगेका हैनन् जुन गरिमामय स्थिति धेरै हामी भन्दा विकासका सूचीमा भएका मुलुकले पनि हाशिल गर्न सकेका छैनन् । पद र अधिकारका पाटा फरक हुन् । त्यो पदमा जसलाई आरक्षण चाहिन्छ उसलाई नै पु¥याउनुपर्छ भन्नु अनि त्यसका लागि नै बहश हुनु अधिकारकर्मीका ठेकेदारलाई पोस्नु भएको छ । वर्ण, जात, लिङ्ग केही नहेरी सबैलाई अनि शिक्षामा नै आरक्षण हुनुपर्छ, लाभका पदमा होइन ।

अब नारी दिवश मनाम्, ना र यी दिवश मात्र नबनाम् ।