बुवाको मुख हेर्ने दिनमा अरु दिन भन्दा विशेष रुपमा बुवालाई सम्झिने गरिन्छ । यो संसारभर मनाइने फादर्स डे को नेपाली भर्सन चाँहि होइन । पूर्विय दर्शन छ्ट्टै धरातलमा उभिएको छ । कुशे र्औसी ती बुवाहरुको सम्मानमा मनाइन्छ जसले अहोरात्र आफ्ना सन्तानका भविश्यका निमित्त आफ्नो वर्तमान अर्पित गरे ।

बुवालाई मनपर्ने परिकार, लुगा र अन्य सामग्री दिई बुवालाई खुसी बनाउने दिनका रुपमा पनि यो रहेको छ । तथापि वरिष्ठ नागरिकहरु धेरैमा सुगर, प्रेसर र कोलेस्ट्रोलको रोग पनि हुने भएकाले पहिले जस्तो मिठाइ दिने विकल्प सही नभएको देखिएको छ । तेसमाथि स्वास्थ्यप्रति सजले खानपिनमा विशेष जोड दिने हुनाले पनि पाक्य कुरो र मिठाइमा जोड दिन छाडेका छन् ।

यी यावत् परिस्थितिका बीच स्वास्थ्यलाई राम्रो हुने र मन पनि चङ्गा हुने अचुक उपाय भनेको यात्रा हो । रमणीय स्थानहरु समय मिलाएर सपरिवार नै घुम्ने प्रचलन नै बढी रहेको सन्दर्भमा बुवालाई आफैँसँग यात्रामा लानु वा त्यो संभव नभए यात्राको प्याकेज उपहार गर्नु धेरै फलदायी देखिन्छ । धार्मिक तीर्थस्थल मात्र होइन हाइकिङ्ग, साइकलिङ्ग जस्ता क्रियाकलापमा पनि सकृय बनाउन सकिन्छ बुवाहरुलाई । बाहिर ७० ७५ को उमेरमा काम गरिरहेको भेटिन्छन् भने हाम्रामा ५० नपुग्दै धर्मकर्म तिर बढी जोड दिएको पाइन्छ । हुनत मानसिक स्वास्थयका लागि धार्मिक क्रियाकलापले सघाउला तर जीवन अलि बढी निस्क्रिय बनाएको पाइएको छ । जर्मनहरु ६५ पछि संसार यात्रा गर्न निस्किदा रहेछन्, त्यो भन्दा अघि हातमुख जोर्नका लागि समय दिनुपर्ने अनि रिटायर्ड लाइफमा पैसा पनि जम्मा भई खर्च गर्न पुग्ने भएकाले ।

यस्तै मेसोमा नेपाल पर्यटन बोर्डले आन्तरिक घुमफिर प्रबद्र्धनमा लागि बुवाको मुख हेर्ने दिनलाई उपभोग गर्ने संदेशका साथ बुवाहरुलाई देश घुमाउन अनुरोध गरेको छ । मिठाइ र लुगा त केही समयका लागि त हुन् सँगै गरेको यात्रा चीर कालका लागि स्मरण र उर्जाको भण्डार हो । आउनुस् बुवाहरुलाई देश देखाऔंँ, चिनाँऔँ ।