पानी जहाजका सपना बीच पानी घर पस्दा
जलमग्न ओत मात्र त थिएन
पानी पार्ने आफू नभएको
बढो शालीन शिष्ट भाषामा जिम्वालले भन्दा
मन चिस्सिएको कम अनि शर्मले पानी पानी थियो
निर्मलालाई न्याय नभइ न्याकिराख्दा

सुरक्षाका सारथीले अनेक तानाबाना बुनी
आफ्नो शरीरलाई बचाउन नियममा बस्नपर्ने उर्दी
अनि बाँच्ने अधिकारलाई पाउन कानून माथिकालाई रिजाउनपर्ने
कुरैले मुर्छित, उठेर फेरि ढलेका जनलाई
अरु राजनीतिका कुरा सुन्ने धैर्य छैन
समाचारमा आश्वासन बढी न्याय कम हुँदा
परिवर्तनका लागि लम्केका पाइला रोकिए
अनि हात विचराले मोबाइल अफ गर्यो

मनले शान्ती पायो