नजिक आएर मोबिल झिकेउ
मुस्कुराएँ, मस्किएँ
लजाएँ, लाल लाल भएँ
तिम्रा मोबिलमा मेरा फुटो
कोमल हातले क्लिक्क
आहा
रमाएँ, रोमान्चित भएँ
यसरी हैन उसरी
जिउ बटारे
चश्मा लाएँ, उतारेँ
शान्त मुद्रा
वार्तालाप गरिरहेको
हिडिँरहेको
अनेक नाटक बुनेँ
कलाकार बनाएँ आफैलाई
नगरेको, नदेखेको आफ्नै रुप
हेरी फिस्स हाँसे
पून गम्किएँ, गम्भीर भएँ
बाङ्गिए अनि सोझिएँ
हेर्दा हेर्दै हर दुख्यो
दुखाइ नभए सरी दाँत देखाएँ
मुस्कान अन मुभ
झल्यास्स भएर उता नजर घुमाएँ
जसका मोबिलमा म अटाउन लालायित
तर तिमी त्यहाँ थिइनौ
सेल्फी अन द गो
तिमी अर्को गन्तव्य लागिसकेछौ
तिम्रा मोबिलमा मेरा फुटो हैन
तिम्रै सेल्फी पो विराजमान भएछ

https://livemandu.com/7373/