सेक्रेट सुपरस्टार । क्लाइमेक्समा को हो सुपरस्टार भन्ने डायलग गज्जब लाग्छ । एउटा गीत हिट भएपछि अहिलेका कलाकारलाई स्टारडम अनि फ्यान सबै मिल्छ । रातारात सबै बद्लिन्छ । पराइ आफन्त भइसक्छन् । जमिन आकास भइसक्छ । होलसेलमा भन्दा समय पहिलेजस्तो हुँदैन । र ब्याकग्राउण्डलाई अलि फोकस गरेर हेर्दा यस्तो स्थिति आउनुमा अभिभावकको भूमिका के हुन्छ त्यो भनेर अनि लेखेर शब्द किन खर्चिनु ? जगजाहेर छ, सबैचिजमा कम्प्रमाइज भए नि आफ्ना सन्तानका कुरामा बलबुताँले भ्याएसम्म, नभ्याए अन्य माध्यमबाट पनि सन्तानका सपनालाई यथार्थको धरातल मिलाउन आकास जमिन एक पार्छन नै अभिभावकले ।
यत्रो स्टोरी बुनेको अलिकति क्रेडिट पाम भन्ने लोभले पनि हो है । छोरोको एघारौं जन्मदिन, अवसर नै सही केही लेख्न सुरिएको ।
प्रत्यूष,
काँचका पर्दामा देखिने र हामीले भोग्ने संसार दुईथरिको छ । याद गर त तिमीलाई साथीहरुले मोटे भन्दा तिमीले कति दिन खाना नखाएर, कम खाएर टार्न खोज्यौ । पछि अलि जोड गरेर सोध्दा त हो बाबामामुलाई थाहा भएको, तिमीलाई कति चित्त दुखेको रहेछ भनेर । हो यहीँ त फिल्म र बास्तविकता एकै नहुने । फिल्ममा केही कम खाएर वा खान छुटाएर तुरुन्तै दुब्लाएको देखाउँछन् । यहाँ त एक्सरसाइज गरेर, डायट याद गरी लिदाँ पनि रिजल्ट चाँडै देखिदैन ।
फेरि छोरो मोटो हुँदैमा सबै नराम्रो नि हुँदैन अनि दुब्लाउँदैमा सबै ठीक पनि कहाँ हुन्छ र? तिम्रो बाबाले इन्टरनेटमा दुब्लाउने कसरी भनेर पढ्नमा जत्ति समय दिएको छ , ती कुरा जानेर ब्यवहारमा उर्तान उत्ति नै कम । अनि यहाँ पनि त रिजल्ट देखिएन ।
बावु,
तिम्रो जन्मदिनमा पत्र लेखेर यो गर्नु त्यो नगर्नु भन्न खोजेको हैन । के गर्ने अब तिमीले विस्तारै थाहा पाउँदै जान्नेछौ, अनि निर्णय पनि तिमीले नै लिनेछौ ।
समाज तिमीलाई सँधै माया गर्ने बाबामामु, आफन्त, साथीहरु मात्रले बनेको छैन । अरुले बोल्दा वा केही सुनाउँदा जसरी उनीहरुले तिम्रो बारेमा जानेर भनेका हुँदैनन् उसरी नै उनीहरुका कुरामा चित्त बुझाउने वा दुखाउने गर्न नि हुन्न ।
याद गर त तिम्रो रिजल्ट नराम्रो हुँदा तिमी चित्त दुखाएर रौयौ अनि आउने दिनमा राम्रो गर्ने भन्यौ । उतिखेर तिमीलाई बाबामामुले गाली गर्लान् भन्ने लागेको थियो । दिन बित्दै जाँदा फेरि एक्जाम आउने समय आइ त हाल्यो । रिजल्ट हाम्रो हातमा छैन, मिहेनत चाँहि छ । अनि गाली नआवोस्, यसका लागि के गर्ने भनेर सोच्ने समयलाई आफूलाई हिजोभन्दा आज राम्रो बनाउने मै लगाऊ । यहाँ निर नि फिल्म जस्तो हुँदैन कुरा, सधैँ आँसुले बाबामामु त चुप होलान् तर समय हुँदैन । अनि फेरि आफूलाई तयार गर्न सकेनौ भनै तेइ समयले नमज्जासँग हुत्याउँछ ।
आऊ फेरि तिम्रो जन्मदिन कै कुरो गरम् । हरेक वर्ष केक काटेर, आफन्त बोलाएर जन्मदिन मनाएकै हो । पत्रिकामा शुभकामना, गिफ्ट, अनि मिठो खाना । यस्तै गर्थेम् । यसपालि यस्तो नगरेर तिमीमा भएको हाम्रो विश्वास बुझाउन खोजेको । अहिले नबुझे नि पछि त पक्कै बुझ्नेछौ । सबै सन्तानमा अभिभावकले आफ्नो भविश्य देख्छन् हामी पनि अपवाद होइनौ । तिमीले संसार बुझ्न सक्छौ, सिमिततामा आफूलाई नडो¥याउ । अनन्त संभावना, अंसख्य चूनौति, असिमित चाहना यी बीचमा हामी बाँधिएका । त्यो तिमीले खेल्ने रुबिस क्युव जस्तो एकै रङ एकैतिर हुँदा त सबै मिल्थ्यो तर हुन्छ कुन कता कुन कता । तेइ रङ जोड्ने प्रयत्न बन्द हुनुहुँदैन । जिवनका रङहरु । आँसु, खुसी त क्षणिक हुन्, यात्रा निरन्तर होस् ।
प्रत्यूष तिमीलाई जन्मदिनको धेरै शुभकामना । सधँै खुसी हुनु ।
lydia says:
many many happy returns of the day dear
March 7, 2020 — 3:29 pm