सुधन सुवेदी @tweetsudhan

सालिक बीच सडकमा
मैलो फुस्रो
महिना दिन अघिका माला
ओइलाएका, सुकेका
हातमा बुरुस, चढ्न भर्र्याङ् भए
रङ्ग फेरिने भो सालिकको
सीमामा धावा बोल्ने बैरीमाथी जाई लाग्ने
रगत पानी सरह बगाउने
देश बचाउने सपूत आज सालिक

मालिक दरवार बस्छ
टलक्क टल्किने बस्त्र
अत्तरको गन्ध
किलोका माला
चाहिने मान्छे मात्रलाई भेटिन्छ
सेटिङ गर्छ, आकास पाताल जोड्छ
सालिकमा श्रद्धाञ्जली चढाउँछ
माल चिन्छ, किन्छ अनि बिक्छ
अनि पो मालिक कहलाउँछ