त्यो अखबार हेर त
सिगाँने भाईले सिँ पुछेर फाल्यो
तेसमा मेरो कविता छापिएको छ
जीवन र जगतको जानकार जसरी
कनेर, कुथेर
गम खाँदै, भावविहोर हुँदै
रौसिदै, रुदै
फुराको कविताले पाठक पाएन
श्रोता नि भेटेन
भेट्यो त नन्स्टप बग्दो नाक अनि पुछ्ने हात
ती भाइलाई धन्यवाद
भाईको नाकसँगै पुछिएको कवितामा
नाक जोगाउने दुखाई र भोगाई
पनि मेटियो
अनि बाँकी रह्यो त दुखविनाको मनुष्य
पर्खाई अब अर्को हातको जसले तल्लो पछिल्लो भागतिर मिलन गराओस्
jit says:
पर्खाई अब अर्को हातको जसले तल्लो पछिल्लो भागतिर मिलन गराओस् (y)
January 13, 2019 — 10:42 am