हिकमत सिह एेर
अाशै अाशमा चल्दो रहेछ जीवन।
बाँच्ने अाधार खोज्दो रहेछ यो मन ।।
साना छँदाका साना ती रहर,
साथीसँग जे हेर्थे त्यै पाउन खोज्थे।
पाउँदाको खुसी, नपाउँदाको अाँसु।।
थिएनन् धेरै मनका ती रहर,
साँच्चै अहिले फर्कन खोज्छ
अाफ्नाे त्यो प्यारो बालपनमा ।।
यौवन टेक्दाका चंचल ती रहर ।
अाँखामा राख्दै संगीको तस्विर,
खोज्दै ति अाफ्ना मनका तरंग,
खोलाझै बग्ने ती योवनका रहर,
अाशैअाशमा बिते ती पल ।
बाँच्ने अाधार खोज्छ छ यो मन।।
काम खोज्दा र पाउँदाका ती रहर ।
बेग्ला बेग्लै ती जीवनका प्रहर ।।
काम खोज्दाको पिडा सम्झन्छु सारा,
सजिलै पाइन्नन सपना ती सारा।।
जीवन त साँच्चै बेग्लै छ क्यारे,
सोच्नु र भोग्नु अरखै यहाँ रे ।।
रहर बिनाको जीवन नै छैन,यो फिरन्ते जीवनमा ।
केहि साथी विदेशिए रहरका खोजिमा ।।
पाउन त पाउँलान् खोजेका सपना,मन फेरि मान्दैन ।
फर्किन खोज्छ छ त्यही अाफ्नो माटोमा ।।
रहरैरहरमा अल्झिएका ती मन ,
उम्केर अाउन सक्छन् कि सक्दैनन् ।।
फर्केर हेर्दा के पाए मैले,यो जीवनमा ।
अाश नै रहेछ बाँच्ने अाधार,
रहरहरु को त सीमा नै छैन ।।