मेयर सपथग्रहण पश्चात साइरनसँगै हुँइकिएर कार्यालय प्रवेश गर्नु ठीक थिएन । मेयरका हैसियतमा यो सुविधा उपयोग गर्न पाइँदैन थियो, गरियो, समाचार आए, विरोध भए । अब फेरि मोबाइलको कुरो उठेको छ ।
नगरपालिकाका पदाधिकारीलाई सोझै आफ्ना कुरा राख्न पाउनु नगरवासीको लागि खुसीको कुरो हो । ढल जाम भएको, सडक थोत्रिएको, खाल्डिएको, पानीका समस्या लगाएत दैनिकीका यायवत् दुखलाई सोझै फोन गरेर जानकारी दिनु, प्रगतीको खवर लिनपाउनु सुखद पक्ष हो नि र नगरपालिकाको जवाफदेहिताको नमूना पनि । अनि नतिजा सम्म पनि नकुरी मोबाइल खरिद निर्णयको विरोध गर्नु कसरी सही होला? पदाधिकारीले नगरपालिकाको बजेटबाट बोक्नुहुन्न भनेर चिच्याइरहँदा विगतमा फोहरको सफाइ, खाल्डा पुर्ने वा अन्य कामहरु तपाइँहाम्रो जानकारीमा नआई मोबाइलमा परिवर्तन हुन्थे भनेर विचार गरौं । हाकाहाकी भनेर किनेँ भन्ने निर्णयलाई प्रोत्साहित गर्न नि जरुरी छ नभा अनेक बहानामा मोबाइल त किनिन्थे नै हामीले सुँइकाे समेत पाउँदैन थियौं ।
अब मोबाइल नम्बरको सहज उपलब्धतामा जोड दिऔं । ती सार्हा आखाँहरु जसले काम नभएको हेर्दाहेर्दै थाकेका छन् तिनमा ती नम्बरहरु नाचून् अनि हातहरुले सहज रुपमा डायल गर्न पाऊन् र दोहोरो कुराकानी सिघ्र स्थापित होस् । विरोधका लागि विरोध अनि अरुले पाए मैले पाइन भन्ने रोदन बन्द गरम् बरु मोबाइल नम्बर चाहिने मान्छेलाई पु¥याएर सहयोग गरम् । त्यसो गरे कसो होला?