सुधन सुवेदी
१४ वर्षको वनबास भोगे
रावण मारे अन्तिममा रामले
हनुमानले रामसीता छातीमा टाँगे
बगेको खोलो थियो
प्यासी किनारामा थिए
पालैपिलो सबैले प्यास मेटाए
जसै पिउन पानी हात डुबाइयो
खोला एकाएक धमिलियो
खोलो बिटुलो बनाउने साथी थियो
हनुमान भएकोमा उसलाई गर्व थियो
उसको मालिक राम थिएन
अनि उसले देखेको दुश्मन हामी रावण थिएनौ
कुरो रामायणको पनि थिएन
तर रामराज्य थियो
अशान्त, अन्याय अनि आत्मसमर्पण
मालिकलाई थाहा थियो
आधा डरले तह लाग्छ्न् बाँकी लोभले
भएको घरमा ताला लगाई
अर्को नयाँ घर बनाउने उसको सपना हिट छ
त्यो सपनामा सृजनशिलता देख्ने आँखाहरु
ती आँखालाई राख्ने अनुहार
अनि अनुहार बोक्ने शरीररुपी लाशहरुसँग अपेक्षा केही थिएन
हो उसले नयाँ घर बनाउनेछ
नक्सा पास पछि गर्ने सहमति हुनेछ
जग बलियो चाहिएन
रोडा, सिमेन्ट अनि बालुवामा सेटिङ गर्ने
घर नै नबनी, ढोका नबनाई
ताला थमाई पठाउनेछ
मुकाम तेही हो भन्नेछ
यी सब बुझेर मौन किन?
१२ वर्षमा खोलो फर्कियो
१४ मा रामको बनवास सकियो
बाँकी धेरै छैन, धैर्य छ
आगो छ, भविश्य खरानी छैन