छैन । पहिलेका वडाध्यक्षको नाम थाहा थियो । बसाइ सरेपछि अहिलेका वडाध्यक्षको नाम थाहा पाइसकेको छैन । वडा पुग्दा थाहा भई हाल्ला । तबसम्म लेट्स स्टे चिल्ड ।
सामाजिक सञ्जाल गज्जबको छ । बिछडिएका परिवार भेटिएका छन् । गाह«ा परेकाहरुका लागि सहयोगी हात जुटेका छन् । अनि हामी धेरैका दैनिकी यिनका दैलोमा नपुगी पुरा नै नहुने । तातोतातो बहसका लागि सञ्जाल बडो अपरिहार्य नै छ ।
अलि सम्बन्ध बिग्रेको जस्तो भएको यो सञ्जालको धैर्यतासँगको हुनपर्छ । धेरैलाई पछि बढी आक्रोशमा लेखिएछ वा नलेखेको भए नि हुन्थ्यो भन्ने पश्चाताप भएको हुनसक्छ । पर्यावरण संरक्षणकी अभियन्ता ग्रेटा टुनबर्गलाई टाइम पत्रिकाले गरेको टाइम वर्ष ब्यक्तिको घोषणा माथि ट्रम्पले गर्नुभएको कटाक्षलाई एक वर्ष पछि ग्रेटाले ट्रम्पको मतगणना रोक्न भन्दै भएको ट्वीटमा ट्रम्प कै शैलीमा शान्त हुन र पुरानो फिल्म हेर्न सुझाएर उत्तर फर्काएकी छिन् । सायद उनको उत्तर अहिलेको परिस्थितिमा बढी सान्दर्भिक र गहन ठहरिएको छ । तत्काल उत्तर नफर्काउनु भनेको भाग्नु हैन भन्ने कुरामा यो प्रसङ्गले नि बल दिएको छ, उर्जा भरेको छ ।
अमेरिकी चुनावले ढोल पिट्ने नै भयो । हामीले पनि कोभिडको ग्राफबाट विश्राम लिँदै अमेरिकी घमासाममा चाख राखेम, हेरेम् । यो प्रसङ्गसँगै जोडिएर आउने कुरो भनेको अमेरिकी चुनावमा चासो राख्नु नैे नेपाली विषयहरुलाई भुल्नु भन्ने बुझाई हो जसलाई सामाजिक सञ्जालले अझै दरो र अग्लो बनाएको छ ।
वडाध्यक्ष मिडियामा छैनन् । बाइडेन, ट्रम्पका समाचारलाई छल्न करिब करिब मुस्किल छ । फेरि धेरै हामीलाई चासो किन पनि छ भने अमेरिकी भिसा अलि सहझ हुन्छ कि वा अझ कठिन भन्ने कुरो नि जोडिएको छ । असान्दर्भिक कुरो नै के पो होलान् र । अल अबाउट टाइम एण्ड स्पेस ।
संसार खुम्चेर मोबाइलमा अटाएका बेला सोच खुम्चिनु बढो दिक्दारीको विषय हो । राष्ट्रपति कार्यालयको कार्पेट फेरिने विषय र कर्णालीमा खाद्यान्न अभावको सम्बन्ध कसरी स्थापित भएका होलान् । कम्ता रमाइला छैनन् है । उतिकै जटिल पनि । उता मान्छे खान नपाएर मरिरहेछन् यहाँ यस्तो गर्न पाइन्छ र? सञ्जालमा हिसाब खोजिदैँ थियो । रिटर्न अन इन्भेष्टमेण्ट अनेक किसिमका होलान् जहिल्यै कम्पेरेटिभ एनालिसिस गरेर हँुदैन, पटक्कै हुँदैन ।
नेपाली समय भनेर ढिला हुने हर्कतलाई बुझ्दा चसक्क गरेको छ । अझ तेसमाथि आयोजकले यो नै हाम्रो ठूलो परिचय जसरी ढिला हुने वा काम बिगार्नेलाई इङ्गित गर्दा कस्तो संस्कारमा हुर्किएछ भनेर प्रतिप्रश्न गर्ने एक्लो नेपाली म मात्र पक्कै होइन, हामी धेरैले यही कुरोमा घोत्लिएका छौं । अघि कै प्रसङ्गमा कार्पेट फेर्दैगर्दा मात्र सम्झिनुपर्ने कर्णाली कति बनाउने?
घृणा बिक्ने औजार बनाउनेका लागि यी कुराहरुले ठूलो मलजल गरेको छ । रिस, घृणा, भन्दा पर समभाव राख्दा उत्तर आफै आउला । कस्मेटिक उत्तर सुन्न अभ्यस्त कानहरुले सोझो कुरा ग्रहण गर्न गाह«ो हुने नै भयो, कति अवस्थामा सुन्न नसकिने पनि हुँदो हो ।
मूल प्रसङ्ग मै जोडिम्् । कालोको विपरित सेतो हैन न सेतोको कालो । वाइडेनको जीतमा केही लेख्दा जनाइने आपत्तिहरुमा कोभिडले उडाएको सातो, आफू कार्यरत अस्पतालमा उपचार नपाएर मृत्युवरण लगाएत अनेक प्रसङ्ग जोडिन आइपुग्छ । यी यावत् विषयका बारेमा जानकारी गराउने साथीहरुलाई धन्यवाद । वडामा काम लिएर पुग्दा वडाध्यक्षको नाम थाहा नभएर फर्किन परेको अनुभव छैन न त अमेरिकी राष्ट्रपतिको नाम जान्दा पदक नै पाइएको छ ।
राष्ट्रपति कार्यालय भनेको प्रतिष्ठाको विषय हो । र राष्ट्रपतिको हरेक कदम देश कै कदम पनि त हो । यो संस्थालाई सर्वस्वीकार्य बनाउने काम जनताका जति हो राष्ट्राध्यक्ष स्वयंको पनि उतिकै । उनको कार्यालयमा कार्पेट फेरिनु, नेपाली कलात्मक सिर्जनाहरु देखिनु पनि महत्व राख्ने विषय हो । कर्णालीका जनताले खान पाउनु पर्ने कुनै बहस गरिराख्न पर्ने विषय हैन, सिधै एक्सनमा आउनपर्ने उच्च प्राथमिकताको क्षेत्र ।
कलेज पढ्दा साथीहरु ठूलो उपाधि पाएको भावमा भन्थे तँ कति भाग्यमानी काठमाण्डौंमा घर भएको । यो प्रसङ्ग यहाँ जोड्नुको कारण छ । यहाँ घर भएका भाग्यमानी अनि बाहिरबाट आई यहाँ पढ्ने भाग्य नभाको भन्ने कुरा समयक्रमले देखाएकै छ । काठमाण्डौंमा जन्मेको ब्राम्हण पुरुष भएको नाताले हरेक जागिरका भिडाईमा लिङ्ग, भूगोल, जातका आधारमा फालिनुपर्दा यहाँ जन्मिएको तथ्य पीडादायक रह्यो ।
ध्रुविकृत मानसिकताले दुख मात्रै दिएको छ जबकी जिवन त तेही दुई ध्रुवका बीचमा नै सम्भव छ । यही भौगोलिक सत्यलाई आत्मसात गरम् कालो सेतो भन्दा परको संसारमा विश्वास राखम् । ट्रम्प पछारिएर बाइडेन आएर हुने त के नै होला चासो नै राख्न पाइँदैन चाँहि नभनम् । बिन्ती ।