Nepal Ko Page नेपालको पेज

Menu Close

Category: day as it comes (page 1 of 5)

ब्रेकफास्टमा भात

विहानको कलेज, कीर्तिपुरदेखि लैनचौर पुग्नुपर्ने साँढे ६ नै बजे । तेती विहान चिया नास्ता केही चमेना गरेर गाडीको साँढे ५ बजेको फस्ट ट्रिप नै भ्याउनुपर्ने वाध्यता । चिया र केही गज्याङगुजुङ खाएर हिँडेकोले कलेज छुटेर घर फर्किदा पेट कुइँकुइँ मज्जाले गर्थ्यो । सँगै स्कूल पढेको एक साथी चाँहि विहान ४ बजे नै उठीवरि एकथाल भात बजाएर कलेज आउँदो रहेछ । उसलाई कलेज जति लम्बिए नि कुनै चिन्ता हुने कुरै भएन । हैन विहानै कसरी भातै रुचेको होला भन्ने लाग्थ्यो तेतीबेला । अहिले बाउको हटसिटमा आफूलाई राख्दा बच्चालाई स्कूल पुर्याएर अफिस भ्याउने भागमभागमा ४ नै त होइन साँढे ७ तिर पकाइवरि खाने अभ्यस्त भइएछ । यो नि गजबको समयको घुमाइ भो ।

Read more

रहरैरहरमा अल्झिएको जीवन

हिकमत सिह एेर

अाशै अाशमा चल्दो रहेछ जीवन।

बाँच्ने अाधार खोज्दो रहेछ यो मन ।।

साना छँदाका साना ती रहर,

साथीसँग जे हेर्थे  त्यै पाउन खोज्थे।

पाउँदाको खुसी, नपाउँदाको अाँसु।।

थिएनन् धेरै मनका ती  रहर,

साँच्चै  अहिले फर्कन खोज्छ

अाफ्नाे त्यो  प्यारो बालपनमा ।।

Read more

न्यु नर्मल

यो सुन्दासुन्दा नि कान टट्याइसकेको छ । कति कोबिडको कुरो गर्नु २०७२ को भुइँचालो कै कुरो गरम् न । जमिन हल्लिने क्रम नरोकिदाँ मुन्छेलाई अग्ला कुरा चढ्न त परै जाओस् हेर्न समेत डर थियो । चिज सामान्य हुँदै गयो, अनि कडा नियमहरु लल्याकलुलुक भए । टेकोले अड्याएको टुँडाल कै आडमा डेटिङ्ग नि भए, बच्चाहरुलाई खेल्ने दरो खाँबो नि तेइ भयो । सर्ट टर्म मेमोरी त ठीक तर कुन हदसम्मको । भुइँचालोको समयमा सन्सार सकियो झैँ धर्मकर्म, सहयोग, भाइचाराको हाइट क्रस गर्ने अलिपछि केही नभएको जसरी साना कुरामा नै अल्झिने । यो हाम्रो परिचय नै भइसक्यो । Read more

फुनका किस्सा

देश कै कुरो गर्न खोजेको त हैन, आफ्नै अनुभव कोट्याउन खोजेको । २००५ मा हुनपर्छ ल्हासा—काठमाण्डौं बस फेरि सुरु भयो । उताबाट आउने गाडी र सवारलाई स्वागत गर्न हामी आफ्नै साझा बसमा पत्रकार सहितको टोली तातोपानी नाकासम्म जाने अनि ¥याफ्टिङ्ग, बन्जी गरेर फर्कने कार्यक्रम । साझा अहिलेका चिल्ला राम्रा गाडी भएको अवस्थाको नभएर केही बचेको एक्सन विथ साउण्ड वाला गाडी भएको समयको कुरो । त्यो भनेको ब्रेक लाउँदा, गियर चेन्ज गर्दा शानदार आवाज आउने । जे होस् गाडी भेटियो, चढियो, पुगियो मितेरी पुल ।
चीन पहिलो पटक साक्षात प्रकट तेही बेला भएको मेरो भूगोलमा । अलि कडा देश, माल्छे कुङफु कराँते सिकेका मात्र हुने भन्ने दिमागमा अमिट छाप । आउने यात्रुलाई स्वागत गर्न बुद्ध प्रतिमा लगेका थिएम् जस्तो लाग्छ तेतिखेर । पुलको बीच तिर पुगेर आउने टोलीलाई खादा लगाइयो, मायाको चिनो दिइयो, हाँसियो, फुटो खिचियो । पारीको पुलिस त्यो बाँढ्ने साथीको कानमा केही भन्न खोज्दै थियो । लौ यो पुलमा बसेर यस्तो गर्न पाइँदो पो रहेनछ कि क्या हो भन्ने लाग्दै थियो । ती चीन जानकार मित्रले बचेको २ वटा बुद्ध थमाए अनि मन शान्ति पाइयो । चीनको अर्को रुपले झ्याप्पै छोप्यो ।
Read more

म ब्लगर

२०६३ वैशाख ११ राती राजाले सत्ता छोडे, लगतै जुलुस निस्कियो । जुलुस पश्चात मध्यरात मै अंग्रेजीमा एक ब्लग ठोकिएको थियो बिजयी भावमा । १४ वर्षमा बागमतीमा पानी त धेरै बगेन, ढल बग्यो, अभियान धेरै चले । समय एकनासै कहाँ बग्थ्यो र, बगेन । हरेक दिन केही न केही ठोक्ने, ब्लगरका रुपमा परिचित हुने भन्ने चाहना कहिले द्रुत बढ्थ्यो, कहिले ठामको ठाम अजबले रोकिन्थ्यो । लेखन चाँहि जेनतेन चलिरह्यो ।

एक साथीले उक्सायो तँ यस्तो लेख्छस् आफ्नै डोमेन बनाएर लेख । ब्लगस्पटको फ्रि साइटमा अलिअलि छुस्काइरहेको मलाइ यो कुराले तरङ्गित बनायो, अनि जन्मियो नेपालकोपेज डट कम । यसरी नयाँ साइटको यात्रा पनि सोचेकोे लयमा नबढेपनि चलिरहेकै थियो । वर्षको ८ १० हजार खर्च ठूलो हुन थाल्यो, बन्द गरियो साइट । Read more

Lock Down Day 1

Here are stuffs I found worth sharing..#LockDown #Day1 #covid19

मार्च ८ पछि महिला कुरो

र यसपटकको नारी दिवश झिरिप्प भयो । तेही दिनमा आफ्नै नारीलाई समय दिएकाले लेखिएन, आज समय जोहो गरेर, कुरो गुथेर लेख्न बसेको । अनि सुरु मै यो गीत तेही नारीलाई डेडिकेट गरियो, तपाँइ पनि सुन्नुस है

हुन त नारी हकका कुरा कुनै एक दिन सान्दर्भिक हुने बाँकि अरु दिन नहुने त होइन । फेरि यो चाडपर्व नि होइन सकिएपछि अर्को वर्ष नै कुर्नपर्ने । Read more

छोरो @११

सेक्रेट सुपरस्टार । क्लाइमेक्समा को हो सुपरस्टार भन्ने डायलग गज्जब लाग्छ । एउटा गीत हिट भएपछि अहिलेका कलाकारलाई स्टारडम अनि फ्यान सबै मिल्छ । रातारात सबै बद्लिन्छ । पराइ आफन्त भइसक्छन् । जमिन आकास भइसक्छ । होलसेलमा भन्दा समय पहिलेजस्तो हुँदैन । र ब्याकग्राउण्डलाई अलि फोकस गरेर हेर्दा यस्तो स्थिति आउनुमा अभिभावकको भूमिका के हुन्छ त्यो भनेर अनि लेखेर शब्द किन खर्चिनु ? जगजाहेर छ, सबैचिजमा कम्प्रमाइज भए नि आफ्ना सन्तानका कुरामा बलबुताँले भ्याएसम्म, नभ्याए अन्य माध्यमबाट पनि सन्तानका सपनालाई यथार्थको धरातल मिलाउन आकास जमिन एक पार्छन नै अभिभावकले ।

यत्रो स्टोरी बुनेको अलिकति क्रेडिट पाम भन्ने लोभले पनि हो है । छोरोको एघारौं जन्मदिन, अवसर नै सही केही लेख्न सुरिएको । Read more

समय बद्लिएछ

हरेक कदममा साथ रहनेछ
हरेक साथमा कदम रहनेछ
रहेन छ कदम
रहेन छ साथ
रह्यो समय
जसले बद्लिएन मात्र
यु टर्न मार्याे

रामदेवका अनुलम विलमबाट थाकेका
देश, दूनियाका खबरले पाकेका
ग्लोबल वार्मिङ्गले पोलेका
फेशन टिभीमा शितल खोज्न थालेकाछन्
रेल, रोल र रुल मै रुमल्लिएर
समयलाई बद्लिएको दोष दिई
आफू नबद्लिएर फरक नतिजा अपेक्षा गरिरहेछन् ।।।।।

अर्को सगरमाथाको खोजीमा पुष्कर शाह

आज सगरमाथा दिवस । सगरमाथा चढ्ने, फेदमा पुग्ने मात्र हैन, हेरेर दङ्ग पर्नेका लागि पनि ठूलो चाड । सगरमाथाका कुरा चुलिरहँदा आजै भेट्ने मौका जुर्यो पुष्कर शाहसँग । उनको परिचय साइकल यात्री जसले १५० देश आफ्नो साइकलमा पार गरे मात्रै भन्दा पनि अपूरै होला । सगरमाथा पनि चढे । तेसैले पनि आजका दिन उनका कुरा बुन्दा सान्दर्भिक नै होला भन्ने ठम्याइका साथ लेख्दैछु ।अलि अगाडि अष्ट्रेलियामा भाँडा माझ्दैछु भन्दै टिभी कार्यक्रममा भक्कानिएका थिए । यो कुरोले केही दिन बजार ततायो । उनी फर्के देश, आफ्नै अभियानमा लागे । अनि अहिले फेरि साइकलमा विश्व भ्रमण गर्ने निर्णयमा पुगे । उनको अष्ट्रेलिया बसाइमा आर्थिकोपार्जनका लागि गरेको मिहेनतलाई देखेर टिप्पणी गर्ने जानकारहरु सेलाएका पनि थिएनन् होला शाहलाई भने अर्को सगरमाथाले तानिसकेछ । उनको आफ्नै सगरमाथा, साइकलको संसार । Read more

© 2020 Nepal Ko Page नेपालको पेज. All rights reserved.

Theme by Anders Norén.