Nepal Ko Page नेपालको पेज

Everyday is just another day with twist; bitter and butter..life goes on

Menu Close

बाइडेनको जितमा रमाउनेलाई आफ्नो वडाध्यक्षको नाम थाहा छ?

छैन । पहिलेका वडाध्यक्षको नाम थाहा थियो । बसाइ सरेपछि अहिलेका वडाध्यक्षको नाम थाहा पाइसकेको छैन । वडा पुग्दा थाहा भई हाल्ला । तबसम्म लेट्स स्टे चिल्ड ।

सामाजिक सञ्जाल गज्जबको छ । बिछडिएका परिवार भेटिएका छन् । गाह«ा परेकाहरुका लागि सहयोगी हात जुटेका छन् । अनि हामी धेरैका दैनिकी यिनका दैलोमा नपुगी पुरा नै नहुने । तातोतातो बहसका लागि सञ्जाल बडो अपरिहार्य नै छ ।

अलि सम्बन्ध बिग्रेको जस्तो भएको यो सञ्जालको धैर्यतासँगको हुनपर्छ । धेरैलाई पछि बढी आक्रोशमा लेखिएछ वा नलेखेको भए नि हुन्थ्यो भन्ने पश्चाताप भएको हुनसक्छ । पर्यावरण संरक्षणकी अभियन्ता ग्रेटा टुनबर्गलाई टाइम पत्रिकाले गरेको टाइम वर्ष ब्यक्तिको घोषणा माथि ट्रम्पले गर्नुभएको कटाक्षलाई एक वर्ष पछि ग्रेटाले ट्रम्पको मतगणना रोक्न भन्दै भएको ट्वीटमा ट्रम्प कै शैलीमा शान्त हुन र पुरानो फिल्म हेर्न सुझाएर उत्तर फर्काएकी छिन् । सायद उनको उत्तर अहिलेको परिस्थितिमा बढी सान्दर्भिक र गहन ठहरिएको छ । तत्काल उत्तर नफर्काउनु भनेको भाग्नु हैन भन्ने कुरामा यो प्रसङ्गले नि बल दिएको छ, उर्जा भरेको छ ।

अमेरिकी चुनावले ढोल पिट्ने नै भयो । हामीले पनि कोभिडको ग्राफबाट विश्राम लिँदै अमेरिकी घमासाममा चाख राखेम, हेरेम् । यो प्रसङ्गसँगै जोडिएर आउने कुरो भनेको अमेरिकी चुनावमा चासो राख्नु नैे नेपाली विषयहरुलाई भुल्नु भन्ने बुझाई हो जसलाई सामाजिक सञ्जालले अझै दरो र अग्लो बनाएको छ ।

वडाध्यक्ष मिडियामा छैनन् । बाइडेन, ट्रम्पका समाचारलाई छल्न करिब करिब मुस्किल छ । फेरि धेरै हामीलाई चासो किन पनि छ भने अमेरिकी भिसा अलि सहझ हुन्छ कि वा अझ कठिन भन्ने कुरो नि जोडिएको छ । असान्दर्भिक कुरो नै के पो होलान् र । अल अबाउट टाइम एण्ड स्पेस ।

संसार खुम्चेर मोबाइलमा अटाएका बेला सोच खुम्चिनु बढो दिक्दारीको विषय हो । राष्ट्रपति कार्यालयको कार्पेट फेरिने विषय र कर्णालीमा खाद्यान्न अभावको सम्बन्ध कसरी स्थापित भएका होलान् । कम्ता रमाइला छैनन् है । उतिकै जटिल पनि । उता मान्छे खान नपाएर मरिरहेछन् यहाँ यस्तो गर्न पाइन्छ र? सञ्जालमा हिसाब खोजिदैँ थियो । रिटर्न अन इन्भेष्टमेण्ट अनेक किसिमका होलान् जहिल्यै कम्पेरेटिभ एनालिसिस गरेर हँुदैन, पटक्कै हुँदैन ।

नेपाली समय भनेर ढिला हुने हर्कतलाई बुझ्दा चसक्क गरेको छ । अझ तेसमाथि आयोजकले यो नै हाम्रो ठूलो परिचय जसरी ढिला हुने वा काम बिगार्नेलाई इङ्गित गर्दा कस्तो संस्कारमा हुर्किएछ भनेर प्रतिप्रश्न गर्ने एक्लो नेपाली म मात्र पक्कै होइन, हामी धेरैले यही कुरोमा घोत्लिएका छौं । अघि कै प्रसङ्गमा कार्पेट फेर्दैगर्दा मात्र सम्झिनुपर्ने कर्णाली कति बनाउने?

घृणा बिक्ने औजार बनाउनेका लागि यी कुराहरुले ठूलो मलजल गरेको छ । रिस, घृणा, भन्दा पर समभाव राख्दा उत्तर आफै आउला । कस्मेटिक उत्तर सुन्न अभ्यस्त कानहरुले सोझो कुरा ग्रहण गर्न गाह«ो हुने नै भयो, कति अवस्थामा सुन्न नसकिने पनि हुँदो हो ।
मूल प्रसङ्ग मै जोडिम्् । कालोको विपरित सेतो हैन न सेतोको कालो । वाइडेनको जीतमा केही लेख्दा जनाइने आपत्तिहरुमा कोभिडले उडाएको सातो, आफू कार्यरत अस्पतालमा उपचार नपाएर मृत्युवरण लगाएत अनेक प्रसङ्ग जोडिन आइपुग्छ । यी यावत् विषयका बारेमा जानकारी गराउने साथीहरुलाई धन्यवाद । वडामा काम लिएर पुग्दा वडाध्यक्षको नाम थाहा नभएर फर्किन परेको अनुभव छैन न त अमेरिकी राष्ट्रपतिको नाम जान्दा पदक नै पाइएको छ ।

राष्ट्रपति कार्यालय भनेको प्रतिष्ठाको विषय हो । र राष्ट्रपतिको हरेक कदम देश कै कदम पनि त हो । यो संस्थालाई सर्वस्वीकार्य बनाउने काम जनताका जति हो राष्ट्राध्यक्ष स्वयंको पनि उतिकै । उनको कार्यालयमा कार्पेट फेरिनु, नेपाली कलात्मक सिर्जनाहरु देखिनु पनि महत्व राख्ने विषय हो । कर्णालीका जनताले खान पाउनु पर्ने कुनै बहस गरिराख्न पर्ने विषय हैन, सिधै एक्सनमा आउनपर्ने उच्च प्राथमिकताको क्षेत्र ।

कलेज पढ्दा साथीहरु ठूलो उपाधि पाएको भावमा भन्थे तँ कति भाग्यमानी काठमाण्डौंमा घर भएको । यो प्रसङ्ग यहाँ जोड्नुको कारण छ । यहाँ घर भएका भाग्यमानी अनि बाहिरबाट आई यहाँ पढ्ने भाग्य नभाको भन्ने कुरा समयक्रमले देखाएकै छ । काठमाण्डौंमा जन्मेको ब्राम्हण पुरुष भएको नाताले हरेक जागिरका भिडाईमा लिङ्ग, भूगोल, जातका आधारमा फालिनुपर्दा यहाँ जन्मिएको तथ्य पीडादायक रह्यो ।

ध्रुविकृत मानसिकताले दुख मात्रै दिएको छ जबकी जिवन त तेही दुई ध्रुवका बीचमा नै सम्भव छ । यही भौगोलिक सत्यलाई आत्मसात गरम् कालो सेतो भन्दा परको संसारमा विश्वास राखम् । ट्रम्प पछारिएर बाइडेन आएर हुने त के नै होला चासो नै राख्न पाइँदैन चाँहि नभनम् । बिन्ती ।

शुक्रवार

बेलुका नहुँदै कता बस्ने के खाने भन्ने पिर कति ठूलो थियो भने त्यसले केही वार्तालाप, केही थान च्याट वा केही जोडी कुराकानी गराउँथ्यो । हरेक बेलुकी त यस्ता हुन्थे भने शुक्रवारको कुरो के गर्नु । शुक्रवार बिजी भएर बिहिवारको सक्रियता बढ्न थालेको थियो । सबै ग्राउण्ड जिरो भए ।

ग्राउण्ड जिरो ट्वीन टावर धुलोपिठो भएको ठाउँलाई नि भन्दा रहेछन् । संसारै काँधमा लिएर हिँडेकाको पनि त्यो हविगतले एकैछिन सोच्न वाध्य गराउँदो हो आखिर यो तछाडमछाड किन । यस्तै कुरो घाटमा कसैलाई अन्तिम बिदाई गर्दा नि आउँछ मनमा । बिजय कुमारले भने झैं गौशालाको उकालो पार गर्दानगर्दै फेरि दैनिकीले च्याप्छ । अघि घाटमा जागेको दार्शनिक, द्रश्टा घोर निद्रामा सुतिसकेको हुन्छ डु नट डिस्टर्वको ट्याग लगाईवरी ।

कुरो शुक्रवारको । अलि चिसो बढेको छ है । चिसा शुक्रवार, बाक्ला बगली अनि अन्तहीन ठोकाई । चियर्स । यो चियर्स किन आवाज आउने गरी गरेको थाहा छ, ल सुन्नुस । हाम्रा पाँच इन्द्रिय । हातमा भएको पेय नाकले बास्ना लियो, छालाले तातो÷चिसो थाहा पायो, आँखाले देख्यो, एकैछिनमा ठोकेपछि जिब्रोले नि काम पाई हाल्यो, बच्यो विचरा कान । धेरै विचार्दा नि यसको काम नदेखेसी ठोकेर आवाज निकाली यसलाई धन्य बनाइएको हो रे । मलाई बताइएको कारण यही थियो हो हैन जान्ने जिम्मा तपाईहरु कै ।
क्लोज्ड सोसाइटीमा झन् रौसीको बढी खपद हुने । झन् ब्याण्ड नै गरेको रछन् भने स्काइरकेट हुनेरछ । छिमेकमा निषेध गरिएका राज्यका आँकडाले यही तथ्यलाई उजिल्याएको छ ।

अँ फेरि शुक्रवार आइ त गयो । तामझाम भएन । साथीभाईलाई सुसेलिएन । एक फन्को पछि आएर त मरिगो । बट दिज डेज इट ह्याज लस्ट इट्स ग्लोरी । ठमेल कि झमेल, हैन लाजिम्पाट । सबैलाई सुतायो । सर्ब गरेरै नभ्याउने हातहरुले पुराना दिनका इन्स्टामा पोष्ट गरिरहेका छन्, घडीका सुइले १२, १, २ बजाउँदा घर नर्फकने नि घराँ बिग्रेका घडी बनाएर फेरि तेइ दिन र्फिने मीठो सोच लिई घुटुक्क थुक निल्दै छन् । अनि हेर्नुस त शुक्रवारका दिन केही दिमागमा आए नि तेसलाई भित्तामा पुग्ने गरी हुत्याइ आइतवार सोमवार के कुरो फुरेको थियो सोच्दै हप्ता कटाउने म जस्तो पात्रलाई नि ठाम्को ठाम् लेख्ने अनि पोष्टिने जाँगर चलेकै छ । जय शुक्रवार ।।

Believe in grey, be grey

Battle for the poles white and black is so intense we don’t see grey; which is more prominent, more frequent.

Is it because of society paradigm which recognizes either god or demon? We have little bit of god on us, a bit more of demon may be but we are not either of them, we are human.


Read more

ब्रेकफास्टमा भात

विहानको कलेज, कीर्तिपुरदेखि लैनचौर पुग्नुपर्ने साँढे ६ नै बजे । तेती विहान चिया नास्ता केही चमेना गरेर गाडीको साँढे ५ बजेको फस्ट ट्रिप नै भ्याउनुपर्ने वाध्यता । चिया र केही गज्याङगुजुङ खाएर हिँडेकोले कलेज छुटेर घर फर्किदा पेट कुइँकुइँ मज्जाले गर्थ्यो । सँगै स्कूल पढेको एक साथी चाँहि विहान ४ बजे नै उठीवरि एकथाल भात बजाएर कलेज आउँदो रहेछ । उसलाई कलेज जति लम्बिए नि कुनै चिन्ता हुने कुरै भएन । हैन विहानै कसरी भातै रुचेको होला भन्ने लाग्थ्यो तेतीबेला । अहिले बाउको हटसिटमा आफूलाई राख्दा बच्चालाई स्कूल पुर्याएर अफिस भ्याउने भागमभागमा ४ नै त होइन साँढे ७ तिर पकाइवरि खाने अभ्यस्त भइएछ । यो नि गजबको समयको घुमाइ भो ।

Read more

रहरैरहरमा अल्झिएको जीवन

हिकमत सिह एेर

अाशै अाशमा चल्दो रहेछ जीवन।

बाँच्ने अाधार खोज्दो रहेछ यो मन ।।

साना छँदाका साना ती रहर,

साथीसँग जे हेर्थे  त्यै पाउन खोज्थे।

पाउँदाको खुसी, नपाउँदाको अाँसु।।

थिएनन् धेरै मनका ती  रहर,

साँच्चै  अहिले फर्कन खोज्छ

अाफ्नाे त्यो  प्यारो बालपनमा ।।

Read more

न्यु नर्मल

यो सुन्दासुन्दा नि कान टट्याइसकेको छ । कति कोबिडको कुरो गर्नु २०७२ को भुइँचालो कै कुरो गरम् न । जमिन हल्लिने क्रम नरोकिदाँ मुन्छेलाई अग्ला कुरा चढ्न त परै जाओस् हेर्न समेत डर थियो । चिज सामान्य हुँदै गयो, अनि कडा नियमहरु लल्याकलुलुक भए । टेकोले अड्याएको टुँडाल कै आडमा डेटिङ्ग नि भए, बच्चाहरुलाई खेल्ने दरो खाँबो नि तेइ भयो । सर्ट टर्म मेमोरी त ठीक तर कुन हदसम्मको । भुइँचालोको समयमा सन्सार सकियो झैँ धर्मकर्म, सहयोग, भाइचाराको हाइट क्रस गर्ने अलिपछि केही नभएको जसरी साना कुरामा नै अल्झिने । यो हाम्रो परिचय नै भइसक्यो । Read more

फुनका किस्सा

देश कै कुरो गर्न खोजेको त हैन, आफ्नै अनुभव कोट्याउन खोजेको । २००५ मा हुनपर्छ ल्हासा—काठमाण्डौं बस फेरि सुरु भयो । उताबाट आउने गाडी र सवारलाई स्वागत गर्न हामी आफ्नै साझा बसमा पत्रकार सहितको टोली तातोपानी नाकासम्म जाने अनि ¥याफ्टिङ्ग, बन्जी गरेर फर्कने कार्यक्रम । साझा अहिलेका चिल्ला राम्रा गाडी भएको अवस्थाको नभएर केही बचेको एक्सन विथ साउण्ड वाला गाडी भएको समयको कुरो । त्यो भनेको ब्रेक लाउँदा, गियर चेन्ज गर्दा शानदार आवाज आउने । जे होस् गाडी भेटियो, चढियो, पुगियो मितेरी पुल ।
चीन पहिलो पटक साक्षात प्रकट तेही बेला भएको मेरो भूगोलमा । अलि कडा देश, माल्छे कुङफु कराँते सिकेका मात्र हुने भन्ने दिमागमा अमिट छाप । आउने यात्रुलाई स्वागत गर्न बुद्ध प्रतिमा लगेका थिएम् जस्तो लाग्छ तेतिखेर । पुलको बीच तिर पुगेर आउने टोलीलाई खादा लगाइयो, मायाको चिनो दिइयो, हाँसियो, फुटो खिचियो । पारीको पुलिस त्यो बाँढ्ने साथीको कानमा केही भन्न खोज्दै थियो । लौ यो पुलमा बसेर यस्तो गर्न पाइँदो पो रहेनछ कि क्या हो भन्ने लाग्दै थियो । ती चीन जानकार मित्रले बचेको २ वटा बुद्ध थमाए अनि मन शान्ति पाइयो । चीनको अर्को रुपले झ्याप्पै छोप्यो ।
Read more

म ब्लगर

२०६३ वैशाख ११ राती राजाले सत्ता छोडे, लगतै जुलुस निस्कियो । जुलुस पश्चात मध्यरात मै अंग्रेजीमा एक ब्लग ठोकिएको थियो बिजयी भावमा । १४ वर्षमा बागमतीमा पानी त धेरै बगेन, ढल बग्यो, अभियान धेरै चले । समय एकनासै कहाँ बग्थ्यो र, बगेन । हरेक दिन केही न केही ठोक्ने, ब्लगरका रुपमा परिचित हुने भन्ने चाहना कहिले द्रुत बढ्थ्यो, कहिले ठामको ठाम अजबले रोकिन्थ्यो । लेखन चाँहि जेनतेन चलिरह्यो ।

एक साथीले उक्सायो तँ यस्तो लेख्छस् आफ्नै डोमेन बनाएर लेख । ब्लगस्पटको फ्रि साइटमा अलिअलि छुस्काइरहेको मलाइ यो कुराले तरङ्गित बनायो, अनि जन्मियो नेपालकोपेज डट कम । यसरी नयाँ साइटको यात्रा पनि सोचेकोे लयमा नबढेपनि चलिरहेकै थियो । वर्षको ८ १० हजार खर्च ठूलो हुन थाल्यो, बन्द गरियो साइट । Read more

Lock Down Day 1

Here are stuffs I found worth sharing..#LockDown #Day1 #covid19

साथी तिमीलाई सहिद दिवसको शुभकामना

रातो झिल्के खाम
टल्किने गरी लेखिएको आफ्नै नाम
१६ क्यारेटको मुस्कान
रण जितेको फौजीको शान
साथी आयो निम्तो दियो
बिहे छ मेरो आउनैपर्छ
सिमामा दुश्मनबाट देश बचाउने योद्धाले हात उठाएछ
एक बुँदे सहमति भएछ आत्मसमरपण गरेछ
मान्छे चकलेटी गालामा डिम्पल
हाय त्यो मुस्कान
निश्चल, नेचुरल, नोस्टाल्जिक
अहिले आइसियुमा छ
भोलिको मुस्कान कर्मकाण्डी हुनेछ
फिस्स छुट्ने रुटिनमा एक्टिभेट हुने
तर आज विशेष छ
म्याद सकिन लागेको औषधि प्रयोगको हतारो
छुट्न लागेको गाडी चढ्ने चटारो
उत्सव आज छ आजादी छ
भोलि……
फाँसीको डोरी हातमा लिएर सहिदले देश जनताका लागि जे सुनाए
साथीको वचनमा ठ्याक्क तेही भाव उही लगाव
साथी तिमीलाई सहिद दिवसको अग्रिम शुभकामना ।

कविताकाे वाचन गरेकाे भिडियाेलाइ यहाँ थिचम्

© 2020 Nepal Ko Page नेपालको पेज. All rights reserved.

Theme by Anders Norén.