बेलुका नहुँदै कता बस्ने के खाने भन्ने पिर कति ठूलो थियो भने त्यसले केही वार्तालाप, केही थान च्याट वा केही जोडी कुराकानी गराउँथ्यो । हरेक बेलुकी त यस्ता हुन्थे भने शुक्रवारको कुरो के गर्नु । शुक्रवार बिजी भएर बिहिवारको सक्रियता बढ्न थालेको थियो । सबै ग्राउण्ड जिरो भए ।
ग्राउण्ड जिरो ट्वीन टावर धुलोपिठो भएको ठाउँलाई नि भन्दा रहेछन् । संसारै काँधमा लिएर हिँडेकाको पनि त्यो हविगतले एकैछिन सोच्न वाध्य गराउँदो हो आखिर यो तछाडमछाड किन । यस्तै कुरो घाटमा कसैलाई अन्तिम बिदाई गर्दा नि आउँछ मनमा । बिजय कुमारले भने झैं गौशालाको उकालो पार गर्दानगर्दै फेरि दैनिकीले च्याप्छ । अघि घाटमा जागेको दार्शनिक, द्रश्टा घोर निद्रामा सुतिसकेको हुन्छ डु नट डिस्टर्वको ट्याग लगाईवरी ।
कुरो शुक्रवारको । अलि चिसो बढेको छ है । चिसा शुक्रवार, बाक्ला बगली अनि अन्तहीन ठोकाई । चियर्स । यो चियर्स किन आवाज आउने गरी गरेको थाहा छ, ल सुन्नुस । हाम्रा पाँच इन्द्रिय । हातमा भएको पेय नाकले बास्ना लियो, छालाले तातो÷चिसो थाहा पायो, आँखाले देख्यो, एकैछिनमा ठोकेपछि जिब्रोले नि काम पाई हाल्यो, बच्यो विचरा कान । धेरै विचार्दा नि यसको काम नदेखेसी ठोकेर आवाज निकाली यसलाई धन्य बनाइएको हो रे । मलाई बताइएको कारण यही थियो हो हैन जान्ने जिम्मा तपाईहरु कै ।
क्लोज्ड सोसाइटीमा झन् रौसीको बढी खपद हुने । झन् ब्याण्ड नै गरेको रछन् भने स्काइरकेट हुनेरछ । छिमेकमा निषेध गरिएका राज्यका आँकडाले यही तथ्यलाई उजिल्याएको छ ।
अँ फेरि शुक्रवार आइ त गयो । तामझाम भएन । साथीभाईलाई सुसेलिएन । एक फन्को पछि आएर त मरिगो । बट दिज डेज इट ह्याज लस्ट इट्स ग्लोरी । ठमेल कि झमेल, हैन लाजिम्पाट । सबैलाई सुतायो । सर्ब गरेरै नभ्याउने हातहरुले पुराना दिनका इन्स्टामा पोष्ट गरिरहेका छन्, घडीका सुइले १२, १, २ बजाउँदा घर नर्फकने नि घराँ बिग्रेका घडी बनाएर फेरि तेइ दिन र्फिने मीठो सोच लिई घुटुक्क थुक निल्दै छन् । अनि हेर्नुस त शुक्रवारका दिन केही दिमागमा आए नि तेसलाई भित्तामा पुग्ने गरी हुत्याइ आइतवार सोमवार के कुरो फुरेको थियो सोच्दै हप्ता कटाउने म जस्तो पात्रलाई नि ठाम्को ठाम् लेख्ने अनि पोष्टिने जाँगर चलेकै छ । जय शुक्रवार ।।