‘होली’ होइन ‘फागु’ । आफ्नो संस्कृति जोगाउनुपर्छ, के भन्ने कुरा पनि सिकाउनुपर्छ। बुज्रुग जमातले शब्दमा आफ्नो पराई देखी राख्दा होलीको फेरिएको स्वरूप देखेन । यो फेराई गहन छ, अनि स्वागतयोग्य पनि । सानामा होलीको एक हप्ता अगाडिदेखि नै बाटामा हिँड्ने सबै – चिन्ने नचिन्नेलाई लोला हानेर फोहर पानी छ्यापेर मनाउँदै आएको यो चाड अहिले चिनेका साथीहरू आफन्तहरू माझ मनाउने, रमाइलो गर्ने रुपमा विकसित भएको छ। युवाजमातले यसलाई रङ्ग उत्सव अनि नाँच्ने गाउने पर्वका रूपमा देख्नु सुखद छ । फागु पूर्णिमालाई नै भनेर २/३ दिन अघि स्कूल कलेज बन्द गर्नुपर्ने स्थिति आज छैन।
समाजका अवयवहरु विविध हुन्छन् । समाज चल्ने विचारले पनि हो। वृद्ध, असहायलाई कसरी बुझेको छ त्यसले पनि समाजको चित्र देखाउँछ। अनि समाजले सकारात्मक परिवर्तनलाई हेर्ने कुरा, ग्रहण गर्ने कुरा, एक पछि अर्को नकरात्मक कुरा गर्दै जाने, भएको राम्रालाई बुझ्न नखोज्ने/ बुझाउन नखोज्ने कुरा अझ घातक छ ।
शब्द परिवर्तन, नाम फेरिने अनि गुह्य कुरो एकै हुने अवस्था नचिरिएको पनि धेरै नै भयो। नेपॉल राजकीय प्रज्ञा प्रतिष्ठानबाट नेपाल प्रज्ञाप्रतिष्ठान भयो । हलको नियमित मर्मत संभार भइरहेको होला पनि। तर पञ्चायतकालीन अवस्थामा थोरै मानिस सोचेर बनाइएको यही हल आजको दिनसम्म पनि सुस्ताउन नपाउने, अर्को यस्तै किसिमको हल नबन्ने, बनेको पनि जुन प्रयोजनका लागि हो, त्यसका लागि नभएर शक्तिपूज्न प्रयोग हुने हो भने हामीले बुझेको परिवर्तन नाममा नै सिमित रह्यो भन्दा गलत नहोला ।
नाम, पहिचान ठूलो हो। नामले तेतीबेला सही माने पाउला जब नामसंगै काम पनि जोडियोस्। नाम है पछि कुदेर कस्मेटिक परिवर्तनमा रमाउँदा नै चाहिएको विकास अनि परिवर्तन किस्सा नहोस्।