हिजो तिम्रो मादकता बढी भएर पिइन

आज मादकता उतार्न पिएँ

अनिदा रात बीच तिमीलाई समेट्न पिएँ

हो प्रिय मैले जिउन पिएँ ।

तिम्रा प्रश्नका बिच आफूलाई भुल्न पिएँ

पीडाका पहाड पेल्न पिएँ

दूनियाको नजरमा शुक्रवार छल्न पिएँ

आफू भित्रै जल्न अनि तिमीलाई छ्ल्न पिएँ।।

पिउदिन भन्दा भन्दै पिएँ

तितो छ निल्दिन भन्दै पिएँ

आफू आफै नहुन पिएँ

सुख दुख हैन रितिन पिएँ ।।।

प्रत्येक प्रश्न पन्छाउन पिएँ

तिम्रो मादकता अब पाउँदिन तेही बचाउन पिएँ

पलपलमा जीवन जिउन पिएँ

उदाङिएको देहको घाउ सिउन पिएँ  ।।।।

माफ गर प्रिय मैले आज पिएँ ।।।।