प्रिय तिमी के जाती भ्यालेन्टाइनको कुरो नल्याउ
म भित्रको महादेवले शिवरात्री भन्दै छ
तिम्रा रोज अनि प्रपोज, विस अनि किस
मेरा भाङ अनि ह्याङ,
रात रक्स, स्वीट सक्स
म नजिक आएर मस्किदै माया माया नभन
यहाँ गाँजाको छ चिन्ता
वकवास पुरानो लभ स्टोरीमा आफूलाई नखोज
बरु जाम् कैलाश गरौँ ताण्डव यसमै छ मोज