कोही महान् आत्माले भनेका थिए, चुरोटको एक छेउमा धुँवा हुन्छ अर्कोमा उल्लु ।

यसरी हेर्दा उल्लु नै उल्लुले संसार भरिएको हुनुपर्छ । चुरोट खाने भन्ने बित्तिकै दिमागमा पुरुषको शरीर धुवाँले

निल्लिएको ओठ, बोल्दा चुरोटको गन्ध यस्तै चित्र दिमागमा आउँछ ।


चुरोट खाने, रक्सीले मात्तिने, सडकमा लम्पट भएर नशामा सुत्ने सबै पुरुषको बिर्ता सरह नै छन् अनि धेरै अर्थमा पुरुषत्व यही सेरोफेरोमा खोजिन्थ्यो । समयले कोल्टो यो बीचमा गतिलै फे¥यो ।

यो यत्रो भूमिका बुनेको कुरो एक दशक अघिसम्मलाई ठीक थियो अहिले जिनस अर्कै भएको छ । कुनै केटोले चुरोट खाएर कोठैलाई पूरै प्रदूषित गरेको भए गाली र पाठ पढाइसकिन्थ्यो आज बढो असमजसमा परियो । रोटी हुल्न जाँदा होटलको कुनामा बिराजमान महिलाले नन्ूूूस्टप चुरोटिदाँ जाम् कि बसम् भो । गफ्फिदै एक सक्दै अर्को सल्काउँदै धुँवालाई हावामा कलात्मक पारामा उनले उडाइराख्दा चुँक्कसम्म नि कराइएन, सायद धुँवा उडाउने कलाले तान्यो वा राम्रा अनुहारले ब्रम्हले काम चाँहि गरेन ।

उनका पुरुष मित्रहरुले चुरोट तानेन् सबैको कोटा यही नानीले पूरा गरिन् । आज पानी परेर चिसाले अझ बढी तलतलाएको हुनपर्छ । कुरो जे भए नि सार्वजनिक ठाउँ अनि पिउन मिल्ने स्थान बाहेक अन्यमा पिउन चाँहि नपाइने नै हो । यति कुरो उनको अघि भन्न नसकेर यति लेखियो हजुरहरुलाई दुख दिइयो । जय शभ्भो ।