जिन्दगी जिउन जान्नेका लागि उमेर खालि अंक मात्र हाे । प्रत्येक साल याे अंक एक बिन्दुले माथि मात्र चढ्छ ।

अर्काेतिर नजान्नेका लागि मृत्युकाे नजिक हुनु हाेला, शक्तिकाे क्षय हुनु पनि हाेला र अन्य यावत् कुराे नि हुनसक्ला ।

अाखिर एक पलमा  जिन्दगी जिउनेहरूलाइ याे हरेक दिन उत्सव हाे ।

विकास प्रगति अंकमा धेर समेटिदैन हाेला । अंकमा संसार हल्लाउनेले  जिन्दगीका अनेक अंकहरू बेस्वादमा खल्लाे बिताएका छन् । अाज यति बाटाे कालाेपत्रे बनाइयाे भनेर विकास भनिराख्दा भाेलि नै त्याे उक्किदा  ती संख्याकाे मजाक मात्र हुनजान्छ ।

जिवनका धेरै महत्वपूर्ण पाटाहरू संख्यामा देखाउन सकिदैंन । माया, पीडा, चाेट, खुसीकाे मापन गर्ने तराजु छैन ।

अनुभवले नै मानिसलाइ परिपक्व बनाउँछ । अंकमा धेर हुने हाेडमा अनुभवमा पछि परियाे कि साेचनीय छ ।